काठमाडौं । आगामी अगस्त १ देखि आन्तरिक र १५ देखि बाह्य हवाई सेवा खुला गर्न पर्यटन व्यवसायीहरुले माग गरेका छन् ।
हवाई सेवा समग्र पर्यटन गतिविधिको आधारसमेत भएको एवं नियमित उडान नभएको अवस्थामा नेपाली नागरिकले महँगो शुल्क तिर्न बाध्य भएको भन्दै सीमा नाकासमेत खोल्न व्यवसायीहरुले माग गरेका छन् ।
पर्यटन व्यवसायसँग सम्बन्धित ३० विभिन्न संघ(संस्थाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य सुरक्षासम्बन्धी उपायहरु पालना गरी पर्यटकीय सवारीसाधन निर्वाध सञ्चालन गर्न दिन पनि माग गरेका छन् ।
कोभिड(१९ ले विश्वमा पारिरहेको प्रभावलाई हेर्दा तुरुन्त पूर्ववतः अवस्थामा फर्कन नसक्ने स्पष्ट देखिएको भन्दै उनीहरुले पर्यटन जस्तो संवेदनशील क्षेत्र सबैभन्दा प्रभावित भएको र केही वर्षसम्म असर पर्ने जनाएका छन् ।
“यस अवस्थामा आमपर्यटन व्यवसायी र समग्र पर्यटन समुदायले न्यूनतम आधार तय गरी परिस्थिति अनुकूलका सेवा उपलब्ध गराउँदै उपयुक्त कार्यक्रम लागू गरी विस्तारै कोभिड(१९ सँगै अनुकुल जनजीवन सञ्चालन गर्नुको विकल्प नभएको ठानेका छौं,” जारी विज्ञप्तिमा जनाइएको छ ।
आन्तरिक तथा बाह्य उडान ठप्प भएसँगै नेपाली पर्यटन उद्योग शून्य हुँदै असीमित दायित्ववहनसँगै ऋणात्मक भई १० लाखको रोजगारी तथा खर्बौंको लगानी समेत संकटमा परेको उनीहरुले जनाएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्