हेटौँडा । जिल्ला अदालत मकवानपुरले सुस्मिता क्षेत्रीको हत्या आरोपमा उनका ससुरासहित चार जनालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश गरेको छ ।
सुस्मिताका ससुरा प्रकाश थापा, सासू तुलसा थापा र अमाजु दुर्गा थापा कार्की र नन्द सीता थापालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
अदालतको आदेशसँगै ससुरा प्रकाश थापालाई भीमफेदीको कारागारमा लगिने तयारी गरिएको प्रहरीले जनाएको छ ।
अन्य तीन जना महिलालाई भने चितवनको कारागार लगिने छ ।
सुस्मिताको असार २ गते हत्या भएको थियो। उनीहरूले छिमेकीलाई आत्महत्या गरेको बताए पनि अनुसन्धानबाट हत्या भएको देखेसँगै चारै जनालाई पक्राउ गरेको थियो।
मोटरसाईकल दुर्घटनामा सुस्मिताकी श्रीमान रुपेन्द्र थापाको मृत्यु भएपछि सुस्मितालाई परिवारले हेला गर्न थालेको बताइएको छ ।
ससुरा प्रकाश थापाले त बलात्कारको प्रयास समेत गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
रुपेन्द्रको मृत्युपश्चात क्षतिपुर्तिस्वरुप पाउने रकम र विमाबापतको रकमको विषयलाई लिएर पनि परिवारले सुस्मिताको हत्या गरेको बताइएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्