कैलाली । कैलालीमा गाउँपालिकाका सूचना अधिकारी ८५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
जोशीपुर गाउँपालिकाका नासु तथा सूचना अधिकारी सिद्धराज जोशी ८५ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले उनलाई पक्राउ गरेको हो ।
सीपमूलक तालिममा सहजीकरण गरेको भन्दै ८५ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा जोशीलाई पक्राउ गरिएको कार्यालयका निमित्त प्रमुख महेश पाण्डेयले जानकारी दिए ।
आफ्नो प्रतिकृया दिनुहोस्