काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले एक हप्ताभित्र माध्यमिक शिक्षा परिक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने भएको छ ।
बोर्डले एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण एसईई नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो ।
विद्यालयहरूले जिल्ला समन्वय इकाइ मार्फत बोर्डमा पठाएको अंक रुजु भइरहेको सदस्य सचिव अर्याल बताउँछन् ।
६ चैतका लागि निर्धारित परीक्षा अन्तिम समयमा स्थगित भएको थियो । यो वर्ष देशभरी ४ लाख ८२ हजार २१९ विद्यार्थीले एसईईको तयारी गरेका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्