काठमाडौं । पोर्न वेबसाइट बनाएर अश्लील भिडियो पोस्ट गरेको आरोपमा साइबर ब्यूरोले एकजनालाई पक्राउ गरेको छ।
ब्यूरोको टोलीले काठमाडौं गंगबु बस्ने २३ वर्षीय सुरज श्रेष्ठलाई आइतबार गंगबुबाट पक्राउ गरेको हो।
श्रेष्ठले चितवनकी १७ वर्षीया किशोरीको अश्लील भिडियो बनाएर पोर्न साइटमा राखेका थिए। उक्त भिडियोबार कारबाही गरिपाउँ भन्दै पीडितले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्।
अनुसन्धानको क्रममा श्रेष्ठले ब्लुसंसार डटकम नामको पोर्न साइड बनाएर उक्त भिडियो अपलोड गरेको पाइएको थियो।
पक्राउ परेका श्रेष्ठलाई विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद ९ मा उल्लेख गरिएको कसुरअनुसार कारबाही प्रक्रिया अघि बढाइएको ब्यूरोका सहनिर्देशक नविन्द अर्यालले जानकारी दिए।
काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्