काठमाडौं । जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी प्रमुख सहित सोमबार १८ जना प्रहरी कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा.विनोद विन्दु शर्माले एकैपटक उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । गत शुक्रबार जिल्ला प्रहरी कार्यालयका दुईजना हवल्दार र एकजना सिपाहीमा कोरोना संक्रमण पुष्टि भएसँगै ९८ जना प्रहरीको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको थियो ।
सोही क्रममा १८ जनामा संक्रमण पुष्टि भएको हो । बाँकीको रिपोर्ट आएको छैन ।
संक्रमण पुष्टि भएका सबैलाई आइसोलेसनमा राखिएको छ । स्याङजा प्रहरी कार्यालय सिल गरेर प्रहरीलाई क्वारेन्टनमा राखिएको छ ।
योसँगै जिल्ला प्रहरी कार्यालयका कोरोना संक्रमित प्रहरी कर्मचारीको संख्या २१ पुगेको छ ।
यसअघि आइतबार मात्रै प्रदेश १ मा १९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै आइतबार नै प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्