काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगम घेराउ गरेको छ। निगमको नाफा उच्च रहेकै समयमा मूल्यवृद्धि गरिएकोप्रति संघले विरोध जनाएको हो।
दुई साता नहुँदै निगमले शुक्रबार पुनः दोस्रोपटक पेट्रोलियम पदार्थमा मूल्य बढाएको थियो। कोरोना महामारीको चपेटामा परेका जनतालाई थप पीडा दिने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको भन्दै संघले विरोध जनाएको महामन्त्री बलदेव तिमल्सिनाले बताए।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तुको बजार मूल्यसमेत बढ्ने भन्दै संघले आपत्ति जनाएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्