काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तीन शीर्ष नेताहरुबीचको छलफल सकिएको छ।
बिहीबार मध्यान्ह पार्टीभित्रको विवाद समाधानका लागि प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच झण्डै तीनघण्टा छलफल भएको हो।
‘तीन नेताहरुबीचको छलफल सकिएको छ’, नेपालखबरसँग कुरा गर्र्दै महासचिव पौडलले भने, ‘मुख्य विषयहरुमा कुरा भएको छ, तर कुनै सहमति भने भएको छैन।’ उनले भोलि (शुक्रबार) स्थायी सहमति बस्ने विषयमा भने सहमति भएको बताए।
आफ्नो प्रतिकृया दिनुहोस्