काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक साउन ६ गतेसम्म स्थगित भएको छ ।
आइतबार दिउँसो ३ बजेका लागि तय भएको स्थायी कमिटी बैठक साउन ६ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको पार्टी कार्यालयले जानकारी दिएको छ ।
नेकपा पार्टी कार्यालयका सचिव ईश्वरी रिजाल र श्रीराम ढकालले विज्ञप्ति जारी गरेर बैठक स्थगित भएको जानकारी गराएका हुन् ।

यसअघि शनिबार बेलुका बसेको नेकपा सचिवालय बैठकले भने स्थायी कमिटीको बैठक अघि बढाउने निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराएका थिए ।
स्रोतका अनुसार सचिवालय बैठकले अर्ली महाधिवेशनको प्रस्ताव तयार पार्नुपर्ने भएकाले स्थायी कमिटी बैठक दुईदिनपछि धकेलिएको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्