काठमाडौं । नेकपाको सचिवालय बैठक शनिबार बस्ने भएको छ।
स्थायी कमिटी बैठक स्थगित गरी शनिबार सचिवालय बैठक बोलाइएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटपछि शनिबार दिउँसो तीन बजे सचिवालय बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
नेकपामा विवाद बढ्दै गएपछि सातौं पटक स्थायी कमिटी बैठक स्थगित भइसकेको छ। आइतबार स्थायी कमिटी बैठक हुनुअघि शनिवार दिउँसो सचिवालय बैठक बोलाइएको हो।
पार्टीमा विवाद बढेपछि स्थायी कमिटी बैठक छोट्याएर केन्द्रीय कमिटी बैठक छिट्टै बस्न सक्ने आंकलन गरिएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्