काठमाडौं । सरकारले शुक्रबारबाट सार्वजनिक सवारी साधन चलाउन दिने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।
सरकारले उपत्यकाभित्रका जिल्लाहरू र अन्य जिल्लाको हकमा एक जिल्लाभित्र मात्र ट्याक्सी तथा सार्वजनिक यात्रुबाहक बस चलाउन दिने निर्णय गरेको हो।
सार्वजनिक सवारी साधन बसमा ५० प्रतिशत थप भाडा र ट्याक्सीमा ४० प्रतिशत थप भाडा लिएर सवारी साधन सिट क्षमताको आधा संख्यामा मात्र यात्रु बोक्न पाउने छन्।
तर यस्ता सवारी साधन चलाउँदा सुरक्षा विधि अपनाउनुपर्ने र सरकारले तोकेका अन्य विधिसमेत अपनाउनुपर्ने जनाइएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्