काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले तत्कालीन सांसद् सरिता गिरीको स्थानमा लिलादेवी सिटौलालाई सांसद् बनाउन सिफारिस गरेको छ।
उनलाई पार्टीको समानुपातिकतर्फ खसरआर्य कोटोमा रिक्त रहेको सांसद पदमा निर्वाचित गर्न निर्वाचन आयोगसमक्ष सिफारिस गरेको थियो।
झापाकी सिटौलालाई निर्वाचित भएको निर्वाचन आयोगले घोषणासमेत गरिसकेको छ। जसपाले सरिता गिरीलाई हटाएपछि उक्त सांसद पद रिक्त थियो।
लिपुलेकसहितको भूभाग समेटेर सरकारले नक्सा जारी गर्ने विषयमा संशोधन हालेपछि गिरी विवादमा परेकी थिइन्।
सोही घटनालाई लिएर समाजवादीले समानुपातिक सांसदबाट उनलाई निलम्बन गर्ने निर्णय गरेको थियो।
आफ्नो प्रतिकृया दिनुहोस्