काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता र विधिको पक्षमा उभिन आफूनिकट स्थायी कमिटी सदस्यहरूलाई आग्रह गरेका छन् ।
पार्टीमा गतिरोध बढ्दै गएपछि र एकता नै धरापमा पर्ने खतरा बढेपछि उनले एकतामा आँच आउन नदिन स्थायी कमिटी सदस्यलाई अनुरोध गरेका हुन् ।
प्रचण्डले खुमलटारमा पूर्वमाओवादी केन्द्र समूहका सबै स्थायी कमिटी सदस्यहरूलाई बोलाएका थिए । भेलामा पार्टी संस्थागत ढङ्ले चल्न नसकेको र विधिबाट चलाएर लिएर जानुपर्नेमा प्रचण्डको जोड रहेको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए ।
“पार्टी विधिबाट चलाउनुपर्छ । पद्धतिमा ह्रास आउनुहुँदैन । कमिटीको बैठक सञ्चालन हुनुपर्छ भन्नेमा उहाँको जोड थियो, “हामीले सहमतिबाटै अहिलेको गतिरोधको अन्त्य गर्न आग्रह गर्यौं ।
प्रचण्डले पनि सहमति खोज्ने प्रयास भइरहेको बताउनुभयो,” उनले भने । पार्टी एकतालाई बलियो बनाउन सदस्यहरूले आ(आफ्नो क्षेत्रबाट भूमिका खेल्न पनि जोड दिएका थिए ।
आजको भेलामा प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा प्रस्ताव गरेको अर्ली महाधिवेशनबारे आफू सहमत नरहेको र सहमतिका साथ प्रस्तावका रूपमा पनि नआएको बताएका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्