काठमाडौं । खुमलटारमा पूर्वमाओवादी केन्द्र समूहका स्थायी कमिटी सदस्यहरू छलफल गरिरहेका छन् । पार्टीभित्र संकट उत्कर्षमा पुगेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नजिकका स्थायी कमिटी सदस्यहरूलाई निवासमा छलफलका लागि बोलाएका हुन् ।
बिहान साढे ८ बजेदेखि जारी छलफमा पूर्वमाओवादी केन्द्रका मात्रै स्थायी कमिटी सदस्यहरू सहभागी छन् ।
केही सदस्यहरू अनुपस्थित छन् । “समसामयिक विषयमा छलफल गर्न पार्टी अध्यक्षले निवासमा बोलाउनुभएको हो,” एक सदस्यले बाह्रखरीसँग भने, “स्थायी कमिटी बैठक निरन्तर स्थगित भइरहेको अवस्थाबारे र प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलको प्रगतिबारे जानकारी दिन छलफलको आयोजना भएको हो ।”
प्रचण्डले पूर्वमाओवादी केन्द्र समूहका स्थायी कमिटी नछिरलिउन र ‘इनटेक’ रहून् भनेर भेलाको आयोजना गरेको हुनसक्ने ती सदस्यको बुझाइ छ । प्रचण्डलको सचिवालयले भने सामान्य छलफल भएको बताएको छ ।
शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको ओलीले अर्ली महाधिवेशनको प्रस्ताव गरेको र त्यसमा प्रचण्डको पनि सहमति रहेको समाचार बाहिरिएपछि आइतबारै खुमलटारमा झलनाथ खनाल, माधव नेपाल, नारायणकाजी श्रेष्ठलगायत केही स्थायी कमिटी सदस्यहरू बोलाएर आशङ्का मेटाउने प्रयास गरेका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्