काठमाडौँ । कोरोनाको परिक्षण तथा उपचारका लागि खरिद गरिएको स्वास्थ्य सामाग्रीमा भएको भ्रष्टाचार प्रकरणमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल समेत मुछिएका छन् ।
संसदको सार्वजनिक लेखा समितिले कोभिड–१९ रोकथाम तथा उपचारमा लागि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनलसँग भएको विवादास्पद स्वास्थ्य सामग्री खरिदमा संलग्न अधिकारीहरुसँग लिएको वयानपछि मन्त्री पोखरेल समेत प्रकरणमा मुछिएका हुन् ।
संसदको सार्वजनिक लेखा समितिले मंगलबार गरेको सोधपुछका क्रममा इश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस नियन्त्रण उच्चस्तरिय समन्वय समितिको निर्देशन अनुसार नै खरिद गरिएको वयान दिएपछि समितिले वयानको निम्ति पोखरेललाई समेत बोलाउने भएको छ ।
संसदको सार्वजनिक लेखा समितिले मंगलबार तत्कालीन स्वास्थ्य सचिव यादव कोइराला, विभागका तत्कालीन महानिर्देशक महेन्द्र श्रेष्ठ र मन्त्रालयका विज्ञ सल्लाहकार डा। खेम कार्कीलाई बोलाएर दर्जनौं प्रश्न सोधेको थियो । कान्तिपुर दैनिकबाट ।
आफ्नो प्रतिकृया दिनुहोस्