एजेन्सी । बलिउड अभिनेत्रि ऐश्वर्या राय बच्चनमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। उनीसँगै छोरी आराध्या बच्चनमा पनि कोरोनाको संक्रमण देखिएको छ।
यसअघि बच्चन परिवारमा अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना देखिएको थियो। कोरोना पोजिटिभ भएको पाइएपछि उनीहरुलाई शनिबार राति अबेर मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ।
बच्चन परिवारमा चार जनामा कोरोनाको संक्रमण देखिए पनि जया बच्चनमा भने कोरोना नेगेटिभ देखिएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्