इटहरी । लक डाउनका समयमा घर गाउँमा आएका एक हत्या अभियुक्त फटाहा कान्छा भनिने प्रेम मोक्तानलाई इटहरी प्रहरीले समातेको छ ।
हत्या गरेको १९ बर्षपछि प्रहरीले खोज्न नसक्ने ठान्दै मोक्तान फर्किएका थिए । ४ वैशाख ०५८ मा सुनसरीको ईटहरी उपमहानगरपालिका–९ चौकदेखि पूर्वपट्टीको सडक उत्तर प्याराडाईज रेष्टुरेन्ट एण्ड पुल हाउसमा इटहरी–१का रोशन चौधरीलाई छुरा प्रहार गर्ने मध्येका एक हुन्, मोक्तान ।
मोक्तान मोरङको हाल सुन्दर हरैचा–६ महेश्वमर मार्ग टोलका हुन् । अर्को अभियुक्त रमित मोक्तान भने फरार रहेका छन् ।
‘अपराध गर्नेलाई प्रहरीले निगरानीमा राख्दैन भन्ने हुँदैन, खोजी सूचीमा भएका अभियुक्तलाई गम्भिरताका साथ खोजीनीति भइरहन्छ’, इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख नायव उपरिक्षक (डिएसपी) धर्मराज भण्डारी भन्छन्,‘हामी कानुन कार्यान्वयनका पक्षमा सक्रिय छौं ।’
१८ असारमा पक्राउ गरिएका मोक्तानलाई म्याद थपी अनुसन्धान जारी रहेको बताइएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्