काठमाडौं । कमलादीबाट बरामद गरेको भनिएको साढे १४ केजी चाँदी र आधाकिलो सुन अप्रेशनमा व्यसायिकता प्रदर्शन गर्न नसकेको भन्दै प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी वृत दरबारमार्गका प्रहरी नायव उपरिक्षक (डिएसपी) रन्जन दाहाललाई हटाईएको छ ।
दाहालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरिएको छ ।
महानगरीय प्रहरी वृत दरबारमार्गमा डिएसपी रामेश्वर पौडेललाई पठाइएको छ । पौडेल यसअघि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्