कैलाली । कैलालीको इलाका प्रहरी कार्यालय फल्टुडेमा प्रहरी हिरासतबाट एक हत्या आरोपी फरार भएका छन् ।
हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका ६, भावरका २३ वर्षीय गणेशबहादुर ऐर गएराति हतकडीसहित फरार भएका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहका अनुसार राति खाना खुवाउने क्रममा ऐर फरार भएका हुन् ।
उनको खोजी कार्य जारी छ । ऐरलाई ७५ वर्षीया हजुरआमा पार्वतीदेवीको हत्या आरोपमा हिजो ९बुधबार० दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।
ऐरले घरमा कोही नभएको मौकामा हजुरआमालाई मारेर घरको पश्चिमपट्टि अरहरको झारले छोपेको प्रहरी आरोप छ ।
एसएसपी सिंहका अनुसार फरार ऐरको खोजी कार्यसँगै इलाका प्रहरी कार्यालय फल्टुडेका प्रहरीमाथि समेत आवश्यक अनुसन्धान सुरु गरिएको छ । प्रहरी लापरबाही पाइए कारबाही गरिने उनले बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्