काठमाडौं । गृहमन्त्रालय प्रवेश गर्न खोज्दा ‘इनफ इज इनफ’ का अभियन्ताहरु पक्राउ गरेको विरोधमा महेन्द्र पुलिस क्लब अगाडि प्रदर्शन भएको छ ।
सूचनाको हकको निवेदन दर्ता गर्न गृहमन्त्रालय प्रवेश गर्न खोज्दा पाँच जना पक्राउ परेका थिए ।
अभियानका सदस्यहरु पक्राउ परेपछि आक्रोशित बनेका अभियानका अन्य अभियन्ताहरुले पुलिस क्लब अगाडी धर्ना दिएका हुन् ।
पक्राउ पर्नेमा पुकार बम, प्रमेश श्रेष्ठ, समुद्र केसी लगायत रहेका छन् । प्रहरीले पक्राउ गरेका अभियन्ताहरुलाई महेन्द्र पुलिस क्लबमा राखेको छ ।
अभियन्ताहरुले पीसिआर परीक्षणको दायरा बढाउनुपर्ने, भ्रष्टाचारको अन्त्य हुुनुपर्नेभन्दै देशैभरि विभिन्न स्थानमा अनसन, विरोध गर्दै आएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्