विराटनगर । विराटनगर महानगरपालिका–१५, रानीबाट लागूऔषध कारोवार गरेको अभियोगमा दुई चिया पसल सञ्चालक पक्राउ परेका छन् ।
फत्राउ पर्नेहरुमा ६० वर्षीया मनकामना झा र ४५ वर्षीया सहेदा खातुन रहेका छन् ।
उनीहरुको रानीमा चिया पसल छ । पसलबाट लागुऔषध बरामद भएपछि उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
विशेष सूचनाका आधारमा पसलमा छापा मार्न मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्का आफैँ पुगेका थिए । त्यसक्रममा झाको चिया नास्ता पसलबाट तीन बोतल डाइलेक्स डीसी र ३० चक्की नाइट्राभेट ट्याब्लेट लागुऔषध बरामद भएको थियो ।
झासँगै प्रहरीले नजिकै रहेको अर्को चिया नास्ता पसलकी सञ्चालक खातुनलाई पनि पक्राउ गरेको हो ।
उनले चलाएको पसलको छेउमा भेटिएको झोलामा पाँच बोतल कोरेक्स नामक लागुऔषध फेला परेपछि खातुनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्