सुनसरीको देवानगंज गाउँपालिका ३ पानिट्यांकी लुटेरा समूह र नेपाल प्रहरी बीच गोलि हानाहान भएको छ। भारतीय नम्बर प्लेटको २ वटा मोटरसाइकलमा आएका ५ जनाको समुहले नेपाल प्रहरीलाई देखेर एक्कासी गोलि चलाएपछि नेपाल प्रहरीले २ जनालाई गोलि प्रहर गरि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले बताएका छन्। तिन जना भारतीय भने फरार रहेको थापाले जानकारी दिएका छन्।
प्रहरीको गोलि लागेर २३ बर्षीय पिन्टु यादव र ३२ बर्षीय राजेश यादव घाइते भएका छन्। उनीहरुको साथ बाट 9 एमएम युएसए पेस्तोल र ६ राउण्ड गोलि बरामद भएको छ। सो समुह बिगतमा मोटरसाइकल चोरी र लागूऔषध तस्करीमा सक्रिय रहेको प्रहरीले बाताएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्