वीरगञ्ज । वीगञ्ज कारागारमा बन्दी रहेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । वीरगञ्ज–१५ घर भएकी ४९ वर्षीया कान्तिह भन्ने सविला खातुनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कारागार प्रमुख श्रवण पोखरेलले जानकारी दिएका छन् ।
लागुऔषध मुद्दामा उनीविरुद्ध पर्सा जिल्ला अदालतले १५ वर्ष कैद र ५ लाख जरिवानाको फैसला गरेको थियो । १५ वर्ष कैद भुक्तानी गरिसकेकी उनी जरिवाना बापत कैद बसिरहेकी थिइन् ।
पोखरेलका अनुसार खातुनको गएराति ११ बजेर ३४ मिनेटमा उपचारको क्रममा निधन भएको हो । उनलाई हृदयाघात भएको आशंका गरिए पनि मृत्युको कारण पोष्टमार्टम पछिमात्रै थाहा हुने उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्