एजेन्सी । कोरोना भाइरसको संक्रमण बढेपछि अस्ट्रेलियाको भिक्टोरिया राज्यमा मास्क अनिवार्य गरिएको छ।
बुधबार मध्यरातदेखि लागू हुने गरी यो व्यवस्था लागू गरिएको हो। भिक्टोरियाका प्रिमियर डानियल एन्ड्र्युजले मेलबर्न महानगर र मिचेल सायरमा मास्क नलगाउनेलाई २०० अस्ट्रेलियन डलर जरिवाना गरिने बताए।
शनिबार भिक्टोरिया राज्यमा ३ सय ६३ जनामा संक्रमण पुष्टि भएको थियो। योसँगै संक्रमितको संख्या ५ हजार ६ सय ९६ पुगेको छ।
एन्ड्र्युजले भिक्टोरियामा मास्क अनिवार्य गरिएको जानकारी दिँदै देशका अन्य भागमा पनि लामो समयसम्म मास्क अनिवार्य हुनसक्ने बताए।
आफ्नो प्रतिकृया दिनुहोस्