मोरङ। जिल्ला प्रहरी कार्यालय मोरङ र लागु औषध नियन्त्रण कार्यालयको टोलीले विश्वबजारको खतरनाक मानिने आइस ड्रग (मेथामफेटामाइन)सहित बिराटनगरबाट व्यापारी रामप्रसाद पोखरेललाई नियन्त्रणमा लिएको छ ।
मंगलबार साँझ आधा किलो मेथामफेटामाइन आइससहित मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका पोखरेललाई नियन्त्रण गरी थप खोजतलास गरिएको थियो ।
सो क्रममा पोखरेलको साथबाट २ सय २२ ग्राम र घरमा लुकाएको अवस्थामा थप पाँच सय ३० ग्राम उक्त लागु औषध प्रहरीले बरामद गरेको थियो ।
प्रहरीका अनुसार विश्वको महंगो सूचीमा पर्ने लागुऔषध मोरङमा बरामद हुनु आश्चर्यजनक छ ।
पोखरेलमाथि अनुसन्धान भइरहेको छ । विषेश सूचनाका आधारमा विराटनगरबाट पक्राउ परेका पोखरेलको नेटवर्कको पनि खोजी भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख भएर पुगेपछि प्रहरी उपरिक्षक (एसपी) सन्तोष खड्का नेतृत्वको यो ठूलो सफलता हो ।
आफ्नो प्रतिकृया दिनुहोस्