दाङ । प्रहरीले चोरीका मोटरसाइकलसहित दाङमा १४ जनालाई सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले आइतबार पत्रकार सम्मेलन गरी विभिन्न ठाउँबाट मोटरसाइकलसहित पक्राउ परेका १४ जनालाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका १३ का सञ्जय परियार, घोराही १४ का समिर सुनार, सुवास सार्की, केन्द्रबहादुर डाँगी, घोराही १६ का सागर हमाल र घोराही १७ का निरज योगी रहेका छन् ।
त्यसैगरी लमही नगरपालिका ७ का धनीराम चौधरी, हेमन्त गिरी, पाल्टुराम चौधरी, प्रकाश चौधरी, राजपुर २ का रविप्रताव बुढा, राजकुमार यादव, प्रियतम चौधरी र आयोज चौधरी चोरीका मोटरसाइकलसहित पक्राउ परेका हुन् ।
उनीहरुले विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गर्ने, नम्बर प्लेट परिवर्तन गर्ने र बेच्नेसमेत गर्दै आएको जील्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
साथै प्रहरीले यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरका कार्यालय सहयोगी तुलसीपुर उपमहानगरपालिका ४ का ४८ वर्षीय कृष्णप्रसाद खनाललाई सरकारी छाप किर्ते बनाइ नक्कली ब्लु-बुक बनाएको अभियोगमा पक्राउ गरेको छ ।
खनालसहित तुलसीपुर ६ का अब्दुल हफिस सिद्धिकी, तुलसीपुर ५ का चक्रबहादुर वली, जीवन पोख्रेल र विष्णु घिमिरेलाई पनि लु ४६ प ३५४१ नम्बरको सवारी दर्ता किताब, यातायात व्यवस्था कार्यालय दाङ लेखेको छाप, शाखा अधिकृतको छाप, विभिन्न व्यक्तिको नागरिकताको प्रमाण पत्र, सवारी चालक अनुमति पत्र, ब्लु-बुक, निरोगिताको दस्तखतसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्