तुलसीपुर । बलात्कार गरेको आरोपमा प्रतिबन्धित विप्लव समूहका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–८ दुधेना निवासी ४४ बर्षीय नारायण वली रहेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बर पालका अनुसार वलीले तुलसीपुरमा कोठा भाडामा लिएर बस्दै आएकी एक महिलालाई आफू विप्लव समूहको कार्यकर्ता भन्दै धाकधम्की दिएर जबरजस्ती बलात्कार गरेको खुलेको छ ।
सोही सूचनाका आधारमा बवीलाई पक्राउ गरिएको पालले जानकारी दिए । पक्राउ परेका वलीको कार्य क्षेत्र सल्यान भएपनि पार्टीको कुन तहका हुन् भन्ने कुराको एकीन नभएको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्