आफुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव भन्दै ठगि गर्दै हिडेका अर्जुन कुमार थापा क्षेत्री पक्राउ परेका छन्। क्षेत्री सहित ९ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पक्राउ गरेको हो।
नेपाल बिधुत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै उनीहरुले चार करोडको मागेका थिए। अख्तियार श्रोतका अनुसार उनीहरुको डिल ५० लाख रुपैयामा मिलेको थियो।सो पैसा लिन जाँदा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ। यस बिषयमा थप अनुसन्धान भईरहेको छ।
क्षेत्री यसअघी भूकम्पको अफवाह फैलाएको आरोपमा पक्राउ परेका थिए।
आफ्नो प्रतिकृया दिनुहोस्