काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३११ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बाएका छन् ।
पछिल्लो २४ घण्टामा थप १२१ जना कोरोना संक्रमणमुक्त भएका छन्।
योसहित नेपालमा हालसम्म १३ हजार ७५४ उपचारपछि निको भएका छन्। हाल ५ हजार १ सय ३९ जना संक्रमितको उपचार भइरहेको छ।
पछिल्लो २४ घण्टामा ५ हजार ३२ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ।
हाल १५ हजार ३३१ जना हाल क्वारेन्टाइनमा छन्। हालसम्म नेपालमा ४८ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्