काठमाडौं । कोरोना संक्रमितको उपचार गरिरहेको वीरगञ्जस्थित नारायणी अस्पतालका डाक्टर, नर्स, स्वास्थ्यकर्मीसहित कर्मचारीसमेत संक्रमित भएका छन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार अस्पतालका २८ जनामा कोरोना संक्रमण देखिएको छ।
उनका अनुसार ८ जना डाक्टर, ६ जना नर्स, ४ जना पारामेडिक्स, एम्बुलेन्स चालक तथा कर्मचारी गरेर २८ जनामा संक्रमण देखिएको छ। डाक्टरहरुमा २ जना फिजिसियन, ४ जना अर्थोपेडिसियन, १ जना सर्जन र १ जना मेडिकल अधिकृत छन्।
डा.उपाध्यायका अनुसार अस्पतालका कर्मचारीको परिवारका सदस्यामा समेत कोरोना पोजेटिभ देखिएको छ। संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा होम आइसोलेसनमा संक्रमितलाई राखिएको उनले जानकारी दिए।
आफ्नो प्रतिकृया दिनुहोस्