काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) का १५६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १५६ संक्रमित थपिएका हुन् ।
कुल कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९२३ रहेको छ ।
पछिल्लो २४ घण्टामा ५८ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट ११ हजार ६९५ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।
हालसम्म देशभरबाट ६६ दशमलव २४ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका २७ प्रयोगशालामार्फत ३ हजार ७४१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा दुई लाख हजार जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।
हालसम्म देशभरका २२ हजार ६६२ क्वारेन्टिनमा रहेका छन् भने हजार जना कोरोना संक्रमित आइसोलेसनमा छन् ।
सार्क सदस्य देशसँग नेपाललाई तुलना गर्दा प्रति १० लाखमा अफगानिस्तामा दुई हजार १३४, बंगलादेशमा ६ हजार १७६ श्रीलंकामा ६ हजार ३२७ पाकिस्तानमा सात हजार ७८८ भारतमा ९ ९८९ र नेपालमा १० हजार ८२७ रहेको छ ।
देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४० जनाको मृत्यु भइसकेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्