काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा १ सय १६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ६१ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको बताए।
डा। गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससंगै हालसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ।
उनले देशभर २४ हजार ७ सय १६ जना क्वारेन्टिनमा र ६ हजार ६ सय ९५ जना आइसोलेशनमा उपचाररत रहेको जानकारी दिएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्