काठमाडौं । मुलुकका विभिन्न २५ जिल्लाका ९२ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । संक्रमितमा चार इन्स्पेक्टर, सात सई, सात असई, २७ हवल्दार, ४३ प्रहरी जवान र एकजना कार्यालय सहयोगी छन् । जसमा दुई महिला र ९० पुरुष छन् । तीमध्ये ६१ जना डिस्चार्ज भइसकेका छन् ।
संक्रमित प्रहरीमा कपिलवस्तुका ६, गुल्मीका १, प्यूठानका २, दाङका २, बागलुङका १, बाराका ७, धनकुटाका २, बाँकेका १, धनुषाका १०, सप्तरीका ४, सिरहाका ३, सर्लाहीका २, तनहुँका २, रौतहटका ४ छन् ।
यस्तै महोत्तरीका २, जुम्लाका २, डोल्पा २ जाजरकोटका १, सुर्खेतका ५, दैलेखका १४, कञ्चनपुरका ३, अछामका २, बाजुराका ६, काठमाडौंका ७ र भक्तपुरका एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्