काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत चारजनामा आइतबार कोरोना संक्रमण देखिएपछि त्रास उत्पन्न भएको छ । थप अरुमा पनि संक्रमण देखिनसक्ने भन्दै त्रास उत्पन्न भएको हो ।
प्रहरी प्रवक्ता नीरज शाहीका अनुसार हिजो प्रहरी प्रधान कार्यालय नक्सालस्थित सवारी शाखामा कार्यरत चार प्रहरीलाई संक्रमण पुष्टि भइसकेको छ ।
उनीहरुको सम्पर्कमा आएका अन्यमा पनि संक्रमण हुनसक्ने भन्दै स्वास्थ्य मन्त्रालय र प्रहरी अस्पतालको संयुक्त टोलीले ट्रेसिङको प्रक्रिया सुरु गरेको प्रवक्ता शाहीले बताए ।
उनले उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपाइएको पनि बताए । पछिल्लो समय प्रहरीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्