काठमाडौं । यातायात व्यवस्था कार्यालय क्षेत्रमा सेवाग्राहीलाई हैरानी दिने ४ जनालाई महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका-४ घर भएका ३० वर्षीय पुष्कर कटुवाल, धनुषाको हरिहरपुर गाउँपालिका-७ घर भएका ३० वर्षीय विमल लामा, धादिङको बेनीघाट रोराङ गाउँपालिका-६ घर भएका २६ वर्षीय विनोद पुलामी, लम्जुङको मर्स्याङ्दी गाउँपालिका-२ घर भएका २६ वर्षीय उज्ज्वल गुरुङ रहेका छन् ।
चन्द्रागिरि नगरपालिका-१०, गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय क्षेत्रमा यातायात कार्यालय जाने सेवाग्राहीलाई छिटो काम सम्पन्न गरिदिन्छु भन्दै सार्वजनिक सडकमै सर्वसाधारण सेवाग्राहीलाई हैरानी दिने ४ जनालाई पक्राउ गरेको हो ।
उनीहरूलाई सेवाग्राहीसँग कमिसन रकम माग गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिउपर मुलुकी अपराध संहिता २०७४ बमोजिम अनुसन्धान कार्य भइरहेको थानकोट प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्