काठमाडौं । महानगरीय प्रहरी वृत्त दरबारमार्गले कमलादीबाट १५ किलो सुन जस्तै देखिने धातु र २ थान पेस्तोल बरामद गरेको छ ।

प्रहरीले शंकास्पद रुपमा हिडिरहेका व्यक्तिलाई पिछा गर्दै जाँदा उनिहरु झोला फालेर भागेका थिए । प्रहरीले उक्त झोला खोलेर हेर्दा १५ किलो सुन र २ थान पेस्तोल भेटाएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्