डडेल्धुरा । जंगली च्याउको सेवनबाट नवदुर्गा गाउपालिका ३ का ८ वर्षीय बालकको मृत्यु भएको छ ।
शनिबार जंगलबाट टिपेर ल्याएको च्याउ खादा ५ जना विरामी भएका थिए । विरामीहरुलाई उपचारका लागी डडेल्धुरा अस्पताल पुर्याएको र डडेल्धुरा अस्पतालले रिफर गरेको थियो ।
उपचारका लागी धनगढी लैजादै गर्दा ८ वर्षीय बालक ललित धामीको बाटो मै मृत्यु भएको आफन्तहरुले बताएका छन् ।
अन्यको सेती प्रादेशीक अस्पतालमा उपचार भइरहेको छ।
आफ्नो प्रतिकृया दिनुहोस्