काठमाडौं । बैंक खातामा रकम नभएको थाहा हुदाँहुदै पनि खाली चेक दिने राजेन्द्र कुमार महर्जनलाई प्रहरीले पक्राउ गरेको छ।
कृष्णभक्त महर्जनले दिएको जाहेरीका आधारमा बैंकिङ् कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनको मिति २०७६.१०.२० गतेको फैसलाले काठमाडौं १४, कलंकी घर भई ललितपुर महालक्ष्मी नपा ४, इमाडोल बस्ने बर्ष ४७ को राजेन्द्र कुमार महर्जनलाई १० दिन कैद र १५ लाख ७५ हजार जरिवाना हुने ठहर गरे पछि उनी फरार थिए।
महर्जनलाई प्रहरीले लुकिछिपि बसिरहेको अवस्थामा काठमाडौंबाट फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको लागि आजै सम्मानित ललितपुर जिल्ला अदालतमा पेश गरेको जनायो।
निज प्रतिवादीले आफ्नो नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको खाता नम्बर ०५२०५०५००६३९३० को खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी जाहेरवालालाई झुक्यानमा पारि मिति २०७५ भदौ ५ माबैंक चेक काटी दिएकोमा बैकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट निज प्रतिवादीको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम फैसला भएको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्