काठमाडौं । भाटभटेनी सुपरमार्केटको तरकारी स्टलमा मुसा फेला पारिएको छ । राजधानीको चक्रपथमा रहेको भाटभटेनी सुपरमार्केटमा मुसा भेटिएको एक ग्राहकले जनाएको छ ।
सोमबार विहान तरकारी किन्न चक्रपथस्थित भाटभटेनीमा प्रवेश गरेका ती ग्राहकका अनुसार तरकारी बेच्न राखिएको स्टलमा ठूलो मुसा दौडीरहेको देखिएको थियो ।
‘म तरकारी किन्न त्यहाँ पुगेको थिएँ । तर, त्यहाँ त मुसा दौडिरहेको देखेपछि अन्य सामग्री मात्रै किनेर आएँ,’ ती ग्राहकले भने,‘तरकारी जस्तो अत्यावश्यक वस्तुमा यसरी मुसा हिँडिरहँदा समेत सावधानी अपनाएको पाइएन ।
बालुवाटार जग्गाकाण्डका प्रमुख अभियुक्त मिन बहादुर गुरुङ मालिक रहेको भाटभटेनी सुपरमार्केट लकडाउनको अवधिमा समेत खुल्ला छ ।
अन्य सपिङ मलहरु भने कोरोना भाइरस संक्रमण हुने डरका कारण सरकारले बन्द गरेको छ । तर, मानिसहरुको चर्को भिड लाग्ने भाटभटेनी भने निर्वाद रुपमा खुलीरहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्