दाङ । प्रदेश ५ मा चैत ११ गतेदेखि जेठ महिनासम्म ३९३ जनाले आत्महत्या गरेका छन् । प्रदेश ५ का १२ जिल्लामा चैत ६९ जना, वैशाखमा ११७ जना र जेठमा १२७ जना गरिकुल ३९३ जनाले आत्महत्या गरेका छन् । प्रहरीको तथ्याङ्कले दैनिक ४ जनाभन्दा बढीले आत्महत्या गरेको देखाएको छ ।
प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले प्रदेश ५ मा यो अवधिमा सबैभन्दा धेरै कृषकले आत्महत्या गरेको बताए ।
चैत ११ देखि जेठ मसान्तसम्म १४४ जना कृषक, ज्यामी, मजदुरी गर्ने ४५ जना, गृहणी ४३ जना, बेरोजगार ३० जना, विद्यार्थी २९ जना, वैदेशिक रोजगारीका ६ जना, व्यापारी ४ जना, चालकसहचालक २ जना, कर्मचारी १ जना, राजनीतिज्ञ १ जना र अन्य ९ जनाले आत्महत्या गरेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्