स्याङ्जा । स्याङ्जामा पहिरोले घर भत्किँदा १ जनाको मृत्यु भएको छ। शनिबार साँझ अविरल वर्षासँगै आएको पहिरोले पुरिँदा गल्याङ नगरपालिका–१ साङ्लीयाका ४९ वर्षीय यमबहादुर विकको मृत्यु भएको हो।
उनकी ४२ वर्षीय श्रीमती फूलमाया गम्भीर घाइते भएकी छन् । हाल उनको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
रातिदेखि परेको अविरल वर्षासँगै आइतबार बिहान ३ बजे घरमाथिबाट झरेको पहिरोले घरको भित्ता भत्काएपछि त्यसमा पुरिएर गम्भीर घाइते भएका दुवै जनालाई गल्याङ अस्पताल लगिएको थियो । उपचारका क्रममा यमबहादुरको मृत्य भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी बिमलराज कँडेलले बताए।
टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी फूलमायालाई थप उपचारका लागि पाल्पा लगिएको उनले बताए। विक परिवारका छोरा र छोरी भने सकुशल छन्।
आफ्नो प्रतिकृया दिनुहोस्