काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) ठेकेदारसँग घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय भिमफेदीमा कार्यरत इन्सपेक्टर रामबालक राय घुससहित पक्राउ परेका हुन् ।
ठेकदार दुर्गा लामासँग १२ हजार लिँदै गरेको अवस्थामा प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले इन्सपेक्टर रायलाई घुस रकमसहित पक्राउ गरेको हो ।
इन्सपेक्टर रायलाई शनिबार बिहान भिमफेदी– ६ स्थित सगरमाथा होटलबाट पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
रायलाई कारबाहीका लागि वाग्मती प्रदेश कार्यालय तानिसकेको र उनी आजैबाट निलम्बन भइसकेको बाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्