काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–५ सिपालीमा बुद्धचित्त माला कारोबार गर्ने दुई फरक समूहबीच झडप भएको छ ।
प्रभात दोङ्ग,समिप त्रिपाटी ,सिजन तमाङ्ग लगाएत समुहको लगानी रहेको मालाको रुख कुर्न बसेको समूहलाई अर्को समूहले गए राति आक्रमण गरेको प्रहरीले बताएको छ। लुटेरा समुहले बुद्धचित्त माला लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी कुमार विक्रम थापाले जानकारी दिएका छन् । उक्त माला एक करोडमा सम्झौता भएर ८५ लाख बैना गरिएको थियो।
बिगतमा मालाको कारोबार गर्दै आएका सत्यमान समुहमाथि प्रहरीको आशंका छ। उनि नेकपा नेतृ एवं सांसद नविना लामा निकट छन्। श्रोतका अनुसार ईलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर सँग पनि सत्यमान समुहको राम्रै उठबस छ। यता माला धनी मध्यका प्रभात दोङ्ग सँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी उपरीक्षक प्रविण पोखरेलको निकट सम्बन्ध रहेको छ।
३५ जनाको समूहमा आएका लुटेरा समूहको आक्रमणमा परेर चारजना घाइते भएका छन् । प्रहरीका अनुसार आक्रमणकारी समूहले कटुवा पेस्तोलबाट २ राउण्ड गोली चलाएका थिए।
माला लुटेपछि सो समूहले सिपाली जाने बाटोमा पर्ने खाल्टे भन्ने ठाउँमा बम राखेका छन् । नेपाली सेनाको टोलीले बम डिस्पोज गर्ने प्रयास गरिरहेको छ ।
घटनास्थलमा काभ्रेका डीएसपी कुमार विक्रम थापासहितको प्रहरी र शसस्त्र प्रहरीको टोली जाँदै छन् ।




























आफ्नो प्रतिकृया दिनुहोस्