काठमाडौं । लकडाउनका बेला अवैध रुपैयाँसहित कालिमाटीबाट भारतीय नागरिक पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखा र कालिमाटी बृत्तको टोलीले भारतीय नागरिक रमेश सिंहलाई स्रोत नखुलेको ६५ लाख अबैध रुपैयाँसहित कालिमाटीबाट पक्राउ गरेको हो ।
स्रोतका अनुसार कालिमाटीका फलफूल व्यापारी सिंहले उक्त रकम हुण्डी गर्नका लागि ठिक पारेका थिए ।
सिंहलाई कालिमाटी बृत्तमा राखेर अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्