काठमाडौं । नेपालमा थप ५ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कुल ९ हजार ५ सय ६१ जना संक्रमित भएका छन् ।
संक्रमितमध्ये २ हजार १ सय ४२ जना निको भएका छन् भने २३ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बागमति प्रदेशको रसुवा जिल्ला बाहेक सबै जिल्लामा कोरोना फैलिएको छ ।
सरकारले पछिल्लो समय दैनिक १० हजार स्वाबको परीक्षण गर्ने गरी तयारी थालेको छ। अहिलेसम्म पिसिआर प्रविधिबाट १ लाख ८१ हजार ३ सय जनाको स्वाब परीक्षण भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्