काठमाडौं । कर्णाली प्रदेश अस्पताल सुर्खेतका कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत ५ जनामा कोरोना संक्रमण भएको अस्पतालले पुष्टि गरेको हो ।
प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना पोजिटिभ देखिएपछि उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीको स्वाव परीक्षण गरिएकोमा ५ जनामा पुष्टि भएको प्रदेश अस्पतालका निर्देशक डा। डम्बर खड्काले बताए ।
‘पीसीआर परीक्षणका क्रममा ४२ जनामध्ये ५ जनामा कोरोना पुष्टि भएको छ’ उनले भने, ‘कोरोना पोजेटिभ भएका स्वास्थ्यकर्मीलाई प्रदेश अस्पतालकै आईसोलेशन कक्षमा राखेर उपचार भइरहेको छ ।’
प्रदेश अस्पताल स्रोतका अनुसार संक्रमण देखिएकाहरुमध्ये ४ जना प्रयोगशाला काम गर्ने र एक जना भने एक्सरे कक्षमा कार्यरत रहेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्