काठमाडौं । प्रदेश–२ प्रहरी कार्यालय जनकपुरले ३ जना प्रहरीलाई निलम्बन गरेको छ । प्रहरी चौकी औरैया रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक ललित साह र सोही चौकीमा कार्यरत प्रहरी जवान दिनेश हजारालाई निलम्बन गरिएको हो ।
उनीहरुले वित्तीय अपराध (हुण्डी) मा संग्लन व्यक्तिलाई सहयोग गरेको पाइएकाले निलम्बन गरिएको प्रदेश–२ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिहंले जानकारी दिए ।
यस्तै प्रहरी चौकी ब्रह्मपुरी रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक संजिवकुमार झालाई आचरण विपरीत काम गरेको भन्दै निलम्बन गरिएको छ ।
डीआईजी सिहंले भष्ट्राचार विरुद्धको शून्य सहनशीलता र आन्तरिक शुद्धीकरण गर्ने नीति अनुरुप कारबाही गरिएको बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्