काठमाडौं । नेपाल राष्ट्र बैँकको गभर्नरका रुपमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद वैठकले अधिकारीलाई गभर्नरका रुपमा नियुक्त गरेको हो ।
मन्त्रीपरिषद वैठक अघि अर्थमन्त्री डा.युवराज खतिवडाले गभर्नरको रुपमा तीन जनाको नाम सिफारिस गरेको थियो । गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा.राजन खनालको नाम सिफारिस गरेको थियो ।
गभर्नर नियुक्त अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए । राष्ट्र बैंककै डेपुटी गभर्नरबाट अवकास पाएका अधिकारीसँग राष्ट्र बैंकमा ३ दशक काम गरेको अनुभव छ ।
उनी यसअघि डा. चिरञ्जीवि नेपालसँगै गभर्नरमा सिफारिस भएका थिए । तत्कालीन अर्थमन्त्री डा। रामशरण महतले उनलाई सिफारिस गरे पनि सुशील कोइराला नेतृत्वको सरकारले नेपाललाई गभर्नर नियुक्त गरेको थियो ।
नेपाल ५ वर्षे कार्यकाल पूरा गरेर बाहिरिएपछि अधिकारीले दोस्रो पटकमा गभर्नर बन्ने मौका पाएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्