धादिङ । ज्वालामुखि गाउँपालिका २ मैदी स्थित सातदोबाटोमा रहेको मैदी स्वास्थ्य चौकीमा र्यापिड टेष्ट (द्रुत गतिको परिक्षण)का क्रममा एक युवामा कोभिड १९ पोजिटिभ देखिएको छ ।
धादिङको ज्वालामूखि गाउँपालिका वडा नम्बर ३ अमराई घर भएका दीपक सापकोटालाई सोमबार र्यापिड टेष्ट गर्ने क्रममा नोबेल कोरोना भाइरस (कोभिड १९) पोजिटिभ देखिएको ज्वालामूखी गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले बताए ।
पोजेटिभ देखिएका सापकोटा रोजगारीको शिलशिलामा दक्षिण कोरिया बसेर गत फागुन २० गते नेपाल आएका हुन् । उनी होम क्वारेन्टिनमा बसेका थिए । पोजेटिभ देखिएका व्यक्तिलाई थप परीक्षण र आइशोलेशनमा राख्नको लागि धादिङ अस्पताल ल्याउने तयारी गरिएको स्वास्थ्य संयोजक श्रेष्ठले जनाए । र्यापिड परीक्षणमा पोजेटिभ देखिएता पनि अन्तिम ल्याब परीक्षण भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब टेस्ट गरेपछि मात्र प्राप्त हुने छ ।
सरकारले वैशाख १५ गतेसम्म लकडाउन जारि राख्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद वैठकले लकडाउनको समय थप १२ दिन लम्बाउने निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड–१९)को संक्रमित बढ्दै गइरहेको अवस्थामा लकडाउनको विकल्प नभएकोकोले सरकाले थप लम्बाएको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्