काठमाडौं । सरकारले वैशाख १५ पछि लकडाउन खुलाउने हल्लाकाबीच उच्चस्तरिय कोरोना नियन्त्रण तथा रोकथाम समितिको बैठक आज सम्पन्न भएको छ ।
बैठकले लकडाउन खुलाउने विषयमा कुनै निर्णय नलिएपनि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानलाई आगामी जेठ २ गते सम्म बन्द गर्ने निर्णय गरेको छ।
शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले जेठ २ सम्म उडान बन्द राख्ने निर्णय गरेको सचिव नारायण विडारीले सञ्चार माध्यमलाई जानकारी दिए । यसअघि सरकारले वैशाख १८ गतेसम्म उडान बन्द राखेको थियो आजको बैठकले जेठ २ गतेसम्म लम्ब्याएको छ ।
लकडाउन खुकुलो बनाउने वा जारी राख्ने भन्ने विषयमा भने मन्त्रिपरिषद बैठकले निर्णय लिनेछ।
आजको बैठकमा लकडाउनबारे समीक्षा भएको थियो। लकडाउन प्रभावकारी रहेको बैठकले निचोड निकालेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्